Logo
Logo

ओलीपक्षमा गएका कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट प्रचण्ड पक्षमै फर्किए


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट फेरि नेकपा माओवादी केन्द्रमै फर्किएका छन् ।

दुई दिन अघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै फर्किएका हुन् ।

आइतबार सांसद विष्ट अध्यक्ष प्रचण्डसँगको वार्तापश्चात पार्टीमा फर्किएका हुन् । विष्ट गत असोज २५ गते मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक हुन् ।

उनले केही समयपछि उक्त हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्