Logo
Logo

सर्वोच्चको फैसला त्रुटिपूर्ण छ, पुनरावलोकनमा जानुपर्छ : प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले नेकपाको नाममा रहेको विवाद टुंग्याउने क्रममा एमाले र माओवादी केन्द्रबीचको एकीकरणका विषयमा गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरवलोकनमा जाने बताएका छन्।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले अदालत जाने जानकारी गराएका हुन् । बैठकमा प्रचण्डले भने, ‘अदालतको फैसला त्रुटिपूर्ण छ, प्रतिनिधि सभा पुनःस्थापना गर्ने फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलासँग बाझिएको पनि छ,’ ‘फैसला पुनरावलोकनमा जानेबारे कानुनविद्सँग छलफल भइरहेको छ।’ उनले भने ।

कानुनविद्हरुले पनि सोही सुझाव दिएको प्रचण्डले बताएको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए ।

फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रबीचको एकतालाई अमान्य घोषित गरेको थियो। अदालतले एमाले र माओवादी केन्द्र नै अस्तित्वमा रहेको फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्