Logo
Logo

‘आहुति’ निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकाे प्रथम राष्ट्रिय भेला सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । विश्वभक्त दुलाल ‘आहुति’ निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले प्रथम राष्ट्रिय भेला सम्पन्न गरेको छ । भेलाले राजेश्वरी सुवेदीको संयोजकत्वमा ४१ सदस्य केन्द्रीय सदस्य समिति निमार्ण गरेको छ ।

‘निजी शिक्षाको अन्त्य र समाजबादी शिक्षाका लागि नयाँ विद्यार्थी आन्दोलन’ भन्ने मुल नाराका साथ शुक्रबारबाट चितवनमा भएको भेला दुई दिनसम्म चलेको थियो । उक्त भेलाले निजी शिक्षाभित्रको चरम माफियाकरण र सरकारी शिक्षा देखिएको वेथिति, लापरवाहीको विकल्पमा सामुदायिक शिक्षालाई अगाडी बढाउने उद्देश्य लिएको संयोजक सुवेदीले बताइन् ।

समितिको सह–संयोजकमा करण क्षेत्री, सचिवमा टेकेन्द्र साउद रहेका छन् । भेलाले सातै प्रदेशको संयोजकमा पनि तोकिएको छ । प्रदेश १ मा पारू विक, प्रदेश २ मा निराजन शाह, बागमतीमा कृष्ण काफ्ले, गण्डकीमा ओमप्रकाश श्रीपाली, लुम्बिनीमा उर्मिला भण्डारी, कर्णालीमा देवीड आर्य र सुदुरपश्चिमा द्रोण अवस्थी रहेका छन् ।

संगठनको कामको बाँडफाँडका लागि ६ विभागहरू निर्माण गरिएको छ । प्रतिवेदन विधान लेखन समितिको संयोजकमा राजेश्वरी सुवेदी, करन क्षेत्रि र टेकेन्द्र साउद रहेका छन् ।

छात्रा विभाग संयोजकमा यशु सापकोटा छन् भने विज्ञान तथा प्रविधी विभागको संयोजकमा रमेश थारु रहेका छन् । त्यस्तै अपाङ्गता विभागको संयोजकमा संन्दिप थापा, प्रकाशन विभागको संयोजकमा रोमन शिहं बोहोरा र आर्थिक विभागको संयोजकमा कृष्ण काफ्ले रहेका छन् ।

राष्ट्रिय भेलाले वैज्ञानिक समाजवादी व्यवस्था निर्माणमा युवा विद्यार्थीको भूमिका र महत्वलाई उजागर गर्दै सिंगो समाजलाई अगाडि बढाउने विश्वास लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्