Logo
Logo

सरकारको नेतृत्व गर्न तयार छु : शेरबहादुर देउवा


दृष्टि संवाददाता


बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।

आइतबार बाराको पचरौता नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले आफु पदको लोभि नभएको भन्दै संकटको अबस्थाले बाध्य बनाए सरकारको नेतृत्व गर्न पछि नपर्ने बताएका हुन् ।

उनले देशलाई संकटबाट पार लगाउन कांग्रेसले नै भूमिका खेल्ने गरेको ईतिहास साक्षी रहेको समेत संकेत गरे ।

राजनीतिक संकटले मुलुक अप्ठ्यारोमा परेकाले त्यसको निकास दिनका लागि सरकारको नेतृत्ब गर्न आफू तयार रहेको देउवाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्