Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : सिरहामा बम विस्फोटदेखि नेपाल पक्षले निर्वाचन आयोग गुहारेकाेसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, सात जना घाइते, धनगडीमाई नगरपालिका ४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि काठमाडौंं ल्याइयो, घटनास्थलमा पर्चा भेटिएको जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो घटनाको जिम्मा, प्रहरीद्वारा विशेष सर्च अपरेसन जारी ।

२. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल, सत्ता समीकरणका विषयमा छलफल भएको आशंका, ओली प्रवृत्तिलाई फरकफरक पार्टीमा बसेर आक्रमक बन्ने रणनीति, बामदेव गौतम पनि मोर्चामा पनि सहभागी हुँदै ।

३. नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार गरेका निर्णयलाई मान्यता नदिन माग गर्दै निर्वाचन आयोगमा दिए निवेदन, विना छलफल माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको निर्णय कार्यान्वयन गर्न नमिल्ने भन्दै नेपाल पक्षको आयोगसमक्ष तर्क पेश ।

४. माओवादी केन्द्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका नेतालाई फिर्ता हुन निर्देशन दिँदै पत्र पठाइयो, माओवादी केन्द्र परित्याग गरेको हो होइन र आफ्नो पार्टी कुन हो सुसूचित गर्नको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जानकारी, बैठकले केन्द्रीय कमिटी पनि घटायो ।

५. नेकपाको नाममा रहेको विवाद टुंग्याउने क्रममा एमाले र माओवादी केन्द्रबीचको एकीकरणका विषयमा सर्वोच्चले गरेको फैसला त्रुटिपूर्ण रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्क,
आइतबार बसेको केन्द्रीय समितिको प्रचण्डद्वारा कानूनविद्सँग छलफल गरेर छिट्टै पुनरावलोकनमा जाने तयारी गरिएको प्रचण्डको ब्रिफिङ ।

६. सात वटै प्रदेशका २ सय १० स्थानीय तहलाई केन्द्रसँग जोड्ने सडक निर्माण सुरु, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा परियोजनाको सुरुवात, पक्की सडक नपुगेका १ सय १० स्थानीय तह, प्रदेश–जनप्रतिनिधि रसरकारका प्रतिनिधिबीच मुलुकका सातै प्रदेशमा समझदारीपत्रमा हस्ताक्षर, नेपालले दीगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दावी ।

७. प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग (फास्टट्रयाक) को फेज–टुको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताको सम्बन्धमा अध्ययन गर्ने, दोश्रो चरणको ठेक्का प्रक्रिया अन्तर्गत सक्षम बोलपत्रदाता छनौट गर्ने क्रममा अनियमितता भएको भन्दै परेको उजुरीमा उल्लेखित दाबी तथा प्रमाणको रुपमा पेश गरिएको कागजातका आधारमा समितिले सम्बन्धीत निकायसँग विभिन्न ११ बटा विषयमा प्रतिक्रिया माग्यो, पुर्वयोग्यता निर्धारणको बोलपत्र दिने कम्पनी धेरै भएपनि चयन गर्ने प्रक्रियाले शंका गर्ने ठाउँ दिएकाले समितिले रक्षा मन्त्रालय मार्फत कागजात मगायो ।

८. चैत महिनाको पहिलो दिन सेयर बजारमा ५१ अंकको पहिरो, राम्रा र बलिया कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १० अंकले घटयो, बजारमा फराकिलो अंकको गिरावट आउँदा पनि ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको बण्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने, ग्लोबल आइएमइ बैंकले फेरि जारी गर्यो ऋणपत्र, ब्याज दर साढे ८ प्रतिशत, ३ अर्बको ऋणपत्र जारी ।

९. नेपालले खेल्ने फिफा विश्वकप छनौटको खेल स्थल फेरी अन्योलमा, कोरोनाका कारण एकै स्थानमा दोस्रो चरणमा खेल गर्ने योजनाका साथ कुवेतमा नेपालले खेल्ने बाँकी प्रतियोगिता गर्ने निर्णय गरेपनि मौसमका कारण खेल्न नसकिने बताएसँगै थप अन्योल, नेपाली फुटवलको इतिहासमै पहिलो पटक हुन लागेको नेपाल सुपर लिगका सात फ्रेञ्चाइजी टोलीको नाम सावर्जनिक, भारतीय अभिनेता सोयल खान बने फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको एम्बेसडर ।

१०.र, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटर्सद्वारा भारत र पाकिस्तानबीच भएको युद्धविरामको निर्णयप्रति खुशी व्यक्त, अमेरिकाको डेन्भरबाट अत्यधिक हिमपात, दुई हजार बढी उडान रद्द, राष्ट्रिय सुरक्षाको कारण देखाउँदै मुस्लिम महिलाहरुले श्रीलंकाले लगायो बुर्का प्रयोगमा रोक ।

प्रतिक्रिया दिनुहोस्