Logo
Logo

बलात्कार गरी गर्भ बोकाएको आरोपमा युवक पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका-१० का ३० वर्षीय रमेश हजरा पासवानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लिएर पटक÷पटक करणी गरी गर्भ बोकाएको आरोप छ । घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ । २८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्