Logo
Logo

गृह मन्त्रालयद्वारा डिआइजी सरुवाको तयारी


दृष्टि संवाददाता


काठमाडौं, २ चैत ।
गृह मन्त्रालयले सातै प्रदेशका डिआइजीको हेरफेरको तयारी थालेको छ । एक वर्ष अवधि पुग्न लागेकाले सरुवा हुन लागेको छ ।


सात प्रदेशमा जानका लागि एक दर्जन डिआइजीबीच प्रतिस्पर्धा छ । हाल प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा, गण्डकीमा घनश्याम अर्याल, लुम्बिनीमा रबिन्द्र धानुक, कर्णालीमा बसन्त पन्त तथा सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदी कार्यरत छन् । गत वर्ष बैशाखमा उनीहरुलाई सरुवा गरिएको थियो । ११ महिना पुग्न लागेकाले हेरफेर गर्न लागिएको स्रोत बताउँछ ।
प्रदेश जान खोज्नेमा पुरानो ब्याचबाट अरुण बिसी, सहकुल थापा, प्रकाशजंग कार्की छन् । सिनियर भएकाले उनीहरु तिनै जनाले प्रदेश इन्चार्ज पाउने सम्भावना छ ।
त्यस्तै हालै बढुवा भएका डिआइजीहरु दिवेश लोहनी, डा देवबहादुर बोहरा, प्रकाश अधिकारी, गणेश ऐर, मुकुन्द आचार्य, उमेश रञ्जितकार, पुरुषोत्तम कँडेल, राजेशलाल कर्ण, रामकृपाल साह पनि प्रदेश इन्चार्ज हुने प्रतिस्पर्धामा छन् । सरुवाका लागि तिव्र राजनीतिक लबिङ भइरहेको स्रोत बताउँछ ।
प्रदेशको इन्चार्ज नपाउनेलाई सिआईबी, बिशेष ब्यूरो तथा साइबर ब्यूरोमा इन्चार्ज पाउने सम्भावना छ । तर, हाल प्रदेशमा रहेका डिआजीहरु सिआइबी र बिशेष ब्यूरोमा सरुवा लागि लबिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्