Logo
Logo

धुम्बाराहीमा भिम रावललाई ‘सरप्राइज’ !


दृष्टि संवाददाता


काठमाडौं, २ चैत ।
महिनौं लामो तिक्तता तोड्दै नेकपा(एमाले)का नेताहरु छलफलमा जुटेका छन् । दोस्रो तहका नेताहरुको प्रयासमा पार्टी कार्यालय धुम्बाराहीमा नेताहरुबीच छलफल सुरु भएको हो ।


यो छलफलले फुटको बाटोतिर लागेको एमालेलाई फेरि एकतातर्फ अघि बढ्ने अपेक्षा कार्यकर्ताले गरेका छन् ।केपी ओली तथा माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु समेत छन् ।
छलफलमा  वरिष्ठ नेता झलनाथ खनाल भने देखिएका छैनन् । एउटा रोचक दृश्य के देखिएको छ भने ओली र नेपालसँग छलफलको अंगपंक्तिमा उपाध्यक्ष भिम रावललाई पनि राखिएको छ । नेता नेपालको छेउमा रावल तथा ओलीको छेउमा महासचिव ईश्वर पोखरेललाई राखिएको छ । जून रावलका लागि सरप्राइज भएको छ । उनी ओलीका चर्का आलोचकमध्ये एक हुन् ।

नेता माधव नेपाललाई समान हैसियतमा सँगै राख्नु र आलोचक भिम रावललाई समेत यसरी सम्मान गर्नुले अध्यक्ष ओली लचक भइ पार्टीलाई मिलाएर लैजानेतर्फ अघि बढेको देखिन्छ । ओलीले सुरुमा उनीहरुलाई बालुवाटार नै बोलाएका नेपाल पक्षले पार्टी कार्यालयमा भेटघाटको प्रस्ताव गरेका थिए । नेपाल पक्षलाई तर्साउने रणनीति असफल हुने देखिएपछि यसरी ओली पक्षले लचिलो भएको स्रोत बताउँछ ।

यो भेटघाटमा राष्ट्रपति बिद्यादेवी भण्डारीको समेत भूमिका रहेको स्रोत बताउँछ । सोमबार बिहान राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीले भेटेका थिए । जसमा राष्ट्रपतिले असन्तुष्ट नेताहरुलाई मिलाएर लैजान सुझाव दिएको स्रोत बताउँछ ।

छलफलमा अन्य नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल, रघुजी पन्त लगायत समेत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्