Logo
Logo

ओली-नेपाल पक्षबीच छलफल : किन गएनन् खनाल ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच छलफलमा अर्का नेता झलनाथ खनाल गएनन् । धुम्बाराहीस्थित पार्टी कार्यालय अहिले अध्यक्ष ओली र नेता नेपाल पक्षबीच छलफल चलिरहेको छ ।
ओली पक्षबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी रहेको छलफलमा नेपाल पक्षका भीम रावल, घनश्याम भुषाल, रघुजी पन्तलगायत सहभागी छन् । तर, छलफलमा वरिष्ठ नेता खनाललाई भने बोलाइएको छैन ।
नेता खनालले आफूलाई नबोलाइएकाले छलफलमा नगएको बताएका छन् । उनले आफूलाई छलफलमा नबोलाएकाले नगएको बताए । छलफलमा नेपाल पक्षले ओलीसँग छलफलमा विधानविपरीत नेताहरुको जिम्मेवारी हेरफेरलाई खारेज गर्न औपचारिक प्रस्ताव गर्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्