Logo
Logo
एमाले बैठक

फागुन २८ को निर्णय फिर्ता माधव समूहको बटमलाईन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले ओली पक्षले फागुन २८ गते गरेको सम्पूर्ण निर्णय फिर्ता लिनुनर्पे अडान राखेको छ ।
निर्वाचन आयोगले एमाले र माओवादी ब्युँताएपछि पहिलो पटक भएको एमाले बैठकमा माधवमूहले सबै निर्णय फिर्ता लिन माग गरेको छ ।

निर्णय फिर्ता गरेपछि मात्र अगाडि बढ्न सकिने भन्दै माधव पक्षले अडान राखे पनि प्रधानमन्त्री ओलीले भने यस विषयमा केही प्रतिकृया नदिएको नेताहरुले बताएका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठक राखेर माओवादीतर्फका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै केही नेताहरूको जिम्मेवारी हेरफेर गरेका थिए । यो निर्णय फिर्ता नलिएसम्म पार्टीले कुनै पनि गतिविधि गर्न नसक्ने उपाध्यक्ष भीम रावलले प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्