Logo
Logo

बैठकपछि घनश्याम भुसालले भने- ‘भेट भयो, तर एजेन्डाको हिसाबले सार्थक भएन’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले सोमबारको छलफल एजेन्डाको हिसाबले सार्थक नभएको बताएका छन् । छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

भुसालले अध्यक्ष केपी शर्मा ओलीले बोलाए भने यस्तो खालको छलफलले निरन्तरता दिने पनि बताए । उनले भने, ‘भेट भयो राम्रो भयो, तर कुराकानी र अजेन्डाको हिसाबले सार्थक भएन ।’

उनले आफूले गरेको अपेक्षा पूरा नभएको बताए । ‘आजको बैठकबाट व्यक्तिगत रुपमा मैले जुन अपेक्षा गरेको थिएँ, त्यो अपेक्षा पूरा भएन’, उनले भने।

उनले फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले आफूसँग रहेका केही नेताहरुलाई बोलाएर गरेको गरेको निर्णयबाट पछिल्लो विवाद सुरु भएको बताए । उनले भने, ‘२८ गते गरिएको भनिएको निर्णयमा हामी सहमत भएनौं। त्यो निर्णय पार्टी विधानअनुसार छैन भन्दा अर्को पक्षले स्वीकारेको सुन्न पाएनौं । कुरा मिलेन।’

उनले २८ गतेको केन्द्रीय कमिटीका बैठकका निर्णय रद्द गर्नुपर्ने आफ्नो पक्षको माग रहेको र कुरा नमिलेको बताए । ‘हाम्रो प्रस्ताव थियो, यस बीचमा जे गर्‍यौं, त्यसलाई शून्यमा राखौं र पूर्ववत् अवस्थाबाट सुरुवात गरौं’, उनले भने, ‘त्यसमा कुरा मिलेन ।’

सर्वोच्च अदालतले फागुन २३ मा नेकपा एमाले ब्युँताइदिएको थियो।

प्रतिक्रिया दिनुहोस्