Logo
Logo

माओवादी केन्द्रको बैठक स्थगित, कांग्रेस र जसपासँग वार्ता गर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । सोमबारको बैठकमा २० जना नेताहरूले धारणा राखेका थिए ।

धारणा राख्ने अधिकांश सदस्यले पार्टीको नाम अहिले परिवर्तन गर्न आवश्यक नभएकोमा जोड दिएका छन् । उनीहरूले संगठन कसरी विस्तार गर्ने, एकता किन टुट्यो भन्ने विषयमा जनतालाई बुझाउने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्