Logo
Logo

सन्ध्या तिवारीको पार्टीको नाम ‘जनताको जनवाद पार्टी’


दृष्टि संवाददाता


काठमाडौं । निर्वाचन आयोगको पत्रानुसार सन्ध्या तिवारी नेतृत्वको पार्टीकाे नाम फेरिएको छ । नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि तिवारी नेतृत्वको पार्टीले नाम परिवर्तन गरेको हो ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले यसअघि रहेकाे नेकपा एमालेकाे नाम परिवर्तन गर्दै पार्टीको नाम जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको हो । सोही निर्णयानुसार आज आयोगमा पार्टीको नाम दर्ता गरिएको छ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा आयोगमा दर्ता भएपछि तिवारीको नेतृत्वमा एमाले दर्ता भएको थियो ।

सर्वोच्चको फैसलासँगै आयोगले १५ दिनभित्र नयाँ नाम राख्न तिवारी नेतृत्वको पार्टीलाई पत्र पठाएको थियो । त्यसपछि तिवारको पार्टीले नाम फेरेको हो ।

प्रतिक्रिया दिनुहोस्