Logo
Logo

प्रचण्डका प्रेस संयोजकको प्रश्न – ओलीले के हैसियतमा प्रचण्डलाई फोन गर्ने ?


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेको भन्ने सोमबार साँझ एकाएक हल्ला चल्यो । धेरैले प्रधानमन्त्री ओलीले प्रचण्डसँग फोन गरेर ठूलै विषयमा छलफल गरेको सम्म भन्न भ्याए ।

ओलीको फोन हल्लासँगै एकाएक पुनः राजनीति ब्याक गियरमा फर्किएको हो कि भन्ने प्रश्न पनि उब्जियो । ओली जे पनि गर्न सक्छन् भन्ने कुराले पनि नभएको ओली–प्रचण्ड फोन संवाद हल्ला मच्चिएको हो ।

हल्ला चलेपछि प्रचण्डलाई प्रधानमन्त्री ओलीले साच्चिकै फोन गरे कि क्यो हो ? भन्ने सबैमा पर्यो । तर, ओली–प्रचण्डबीच फोन संवाद झुटो रहेछ । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले फोन संवाद नभएको पुष्टि गरे ।

प्रचण्ड र प्रधानमन्त्रीबीच फोन भएको हो ? भनेर प्रश्न गर्दा सापकोटाले उल्टैै प्रश्न गरे ‘प्रधानमन्त्री ओलीले के हैसियतमा प्रचण्डलाई फोन गर्ने ? ‘जसले सिंगो कम्युनिष्ट एकतालाई सिध्याउने काम गरे, संविधानलाई मास्न खोज्यो, असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरे, दुईतिहाइको सरकार हुँदा पनि गुटमा रमाए, सरकारमा भएर पनि केही गर्न सकेन, त्यस्ता व्यक्तिले के हैसियतामा अध्यक्षलाई फोन गर्ने ? उनले भने ।

सापकोटाकै भनाइलाई आधार मान्ने हो भने विभिन्न सञ्चारमाध्यममा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीले फोन गरेको भन्ने कुरा मिथ्या हो । सापमकोटा स्वयंले ति समाचारको खण्डन गरे ।

पछिल्लो पटक पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा बालुवाटार पुगेका प्रचण्डले सामान्य कुराकानी गरेपछि दुई नेताबीच अहिलेसम्म केही कुराकानी नै नभएको सापकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्