Logo
Logo

राष्ट्रिय कार्यकर्ता भेलालाई प्रभावकारी बनाउने माधव-खनाल पक्षकाे निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

काठमाडौंमा सोमबार बसेको नेपाल र खनाल पक्षको बैठकले भेलालाई नरोक्ने भन्दै प्रभावकारी बनाउने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

चैत्र ४ र ५ गतेको लागि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई आगामी बाटो देखाउने उहाले बताए । भेलामा सहभागी कार्यकर्ताको सुझावका आधारमा अघि बढ्ने तयारी भएको उनले बताए ।

बैठकमा माधव नेपालले सोमबार बिहान केपी ओलीपक्षसंग भएको छलफलका बारेमा जानकारी गराएको नेता भट्टराईले जानकारी दिए । बैठकले ओलीको चियापानमा नजाने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्