Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वानदेखि ओली-माधव वार्तासम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. संवैधानिक राजनीतिक संकट चुलिएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सर्वदलीय बैठक आह्वान, मंगलबार दिउँसो ४ बजे सर्वदलीय बैठक बस्दै, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइयो ।

२. नेकपा एमाले ओली समूह र झलनाथ–माधव समूहबीच वार्ता, फागुन २८ गते ओली समूहले गरेको निर्णय फिर्ता नलिएसम्म पार्टीले कुनै पनि गतिविधि गर्न नसक्ने झलनाथ–माधव समूहको अडान, ओलीले वार्ताको नाटक गरेर अलमल्याउन खोजेको आरोप ।

३. चैत ४ र ५ गनेको राष्ट्रिय कार्यकर्ता भेलालाई प्रभावकारी बनाउने नेकपा एमाले झलनाथ–माधव समूहको निर्णय, भेलाले पार्टीलाई आगामी बाटो देखाउने नेता योगेश भट्टराईको भनाइ, भेलामा सहभागी कार्यकर्ताको सुझावका आधारमा अघि बढ्ने प्रतिकृया ।

४. वर्तमान राजनीतिक घटनाक्रममा केन्द्रीत हुने भन्दै नेकपा माओवादी केन्द्रले केन्द्रिय समिति बैठक स्थागित गर्यो, सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन स्थागित गरिएको नेता नारायणकाजी श्रेष्ठद्धारा जानकारी, नेकपा एमाले झलनाथ–माधव समूहले आवश्यक निर्णय गर्न नसक्दा माओवादी अगाडि बढ्न सकेन ।

५. कांग्रेसले माओवादी र जसपासँग मिलेर सरकार बनाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेललेको भनाइ, विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा माओवादी र जसपासँग सरकार बनाउन पहल गर्नुपर्ने धारणा, संविधान र संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व भएको प्रतिकृया ।

६. सत्ता समीरकणबारे जनता समाजवादी पार्टीले आवश्यक निर्णय गर्न सकेन, नेकपा एमाले वा माओवादी केन्द्र र कांग्रेससँग मिलेर नयाँ सरकार बनानउने भन्नेबारे जसपा भित्र दुईमत, अधिकांश नेता ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर सरकार बनाउन नसकिने पक्षमा ।

७. अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ कार्यक्रम समावेश नगर्न निर्देशन दियो, कोरोनापछिको पुनःउत्थानलाई प्राथमिकतामा राखेर बजेट बनाउन सरोकारवाला पक्षको ध्यानकर्षण, पूर्वनिर्धारित समयमा सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्नुपर्नेमा जोड ।

८. दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने ९ सय १२ किलो मिटर लामो राजमार्ग निर्माण सुरु हुने, लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म सुरुङमार्गको डिजाइनसमेत तयार, सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेट सहमति माग ।

९. उत्तर कोरियासँग वार्ता गर्न बाइडन नेतृत्वको अमेरिकी सरकार प्रयासरत, प्योङ्याङबाट अहिलेसम्म  कुनै उत्तर आएन । म्यानमारमा चिनियाँ लगानीका उद्योगमा आगजनी, ३८ प्रदर्शनकारीको मृत्यु, प्रदर्शनकारीहरुले उत्तरी छिमेकी चीनलाई निशाना बनाउने थाले ।

१०. ए डिभिजन लिग च्याम्पियन मछिन्द्र हेटौंडामा जारी शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश, संकटालाई १–० ले हरायो । एन्फा प्रेसिडेन्ट लिग सुरु, सुदुरपश्चिमको स्टार सिटी युवा क्लबद्वारा कैलालीले प्रदेश २ को मनकामना युवा क्लब रौतहट ३–० गोल अन्तरले पराजित ।

 

 

 

प्रतिक्रिया दिनुहोस्