Logo
Logo

बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई साढे ३ वर्ष कैद


दृष्टि संवाददाता


सुर्खेत । बलात्कारको झुटो आरोप लगाउने एकजना महिलालाई जिल्ला अदालत सुर्खेतले साढे तीन वर्ष कैद सजाय सुनाएको छ ।

आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

अदालतका श्रेस्तेदार यामप्रसाद बास्कोटाका अनुसार झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको हो । कैद सजाय तोकिएकी ती महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्