Logo
Logo

प्रतिगमन भएको छैन : प्रधानमन्त्री


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिगमन हुने हुने काम नगरेको दावी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको आरोप लगाउँदै आफूबाट प्रतिगमन हुने कुनै काम नभएको बताएका हुन् ।

उनले प्रतिगमनको गलत अर्थ लगाइएको टिप्पणी गरे । ‘एकथरि मान्छे आफू पधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ’ उनले प्रश्न गरे ‘के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन् ।’ उनले भने ।

अहिलेको व्यवस्था र यो व्यवस्था सञ्‍चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै ओलीले भने, ‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन । लोकतन्त्रको मूल्य मान्यता तलमाथि परे र ? केही पनि परेको छैन ।’

प्रतिक्रिया दिनुहोस्