Logo
Logo

माधव समूहका सांसद फकाउँदै ओली


दृष्टि संवाददाता


काठमाडौं । पार्टीभित्रै रहेर समानान्तर गतिविधिमा संलग्न रहेकाले निलम्बित गरिएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै छलफल थालेका छन् ।

माधव समूहमा लागेर पार्टीलाई नै फुटको अवस्थामा पुर्‍याउन थालिएको निष्कर्ष निकाल्दै अध्यक्ष ओलीले माधव समूहका सांसदसँग छलफल गरिरहेका हुन् ।

पार्टीभित्र १ सय २१ मध्ये ३८ सांसद माधव समूहका रहेकाले भविष्यमा संसदीय गणितमा पर्न सक्ने अप्ठ्यारालाई ध्यानमा राख्दै ओलीले सांसदसँग एक्लाएक्लै छलफल गरेर आफूतिर आउन फकाइरहेका छन् । तर, माधव समूहका सांसदले भने एक्लै कुनै पनि संवाद नगर्ने बताउँदै आएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र समानान्तर गतिविधि गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीबाट निलम्बन गरेसँगै माधव समूहले देशभर समानान्तर गतिविधि गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्