Logo
Logo

जनतालाई विकास दिने काम गर्दैछौं : मुख्यमन्त्री गुरुङ


दृष्टि संवाददाता


लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई विकास दिने र विकासको बाटो देखाउने अभियानमा गण्डकी प्रदेश सरकार लागेको बताएका छन्।

क्रियटिभ युथ क्लब तथा मध्यनेपाल नगरपालिका-८ कार्यालय लमजुङद्वारा आयोजित करापुकोट डढुवा दुर्छा महोत्वस तथा ऐतिहासिक चैते दशैँ मेला-२०७८ को आज उद्घाटन गर्दै उनले सडक, खानेपानी, बिजुली, रोजगार तथा सीप लगायत क्षेत्रमा प्रदेश सरकारले सक्रियपूर्वक काम गरिरहेको बताए।

‘१४४ वटा मोटरेबल पुल निर्माण गर्ने, प्रत्येक पालिकाको केन्द्रसम्म पुग्ने आठ मिटर फराकिलो बाटो ४०/ ५० वर्षसम्म टिक्ने गरी बनाउने, पाँच लाख ७८ हजार घरधुरीमै धारा र बिजुली पुर्‍याउने अभियानमा प्रदेश सरकार लागिपरेको छ,’ मुख्यमन्त्री गुरुङले भने।

जनतालाई विकासको बाटो देखाउनका लागिसमेत विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

मुख्यमन्त्री गुरुङले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय शासन प्रणाली महत्वपूर्ण रहेको उल्लेख गर्दै विगतका भन्दा सस्तो र गाउँघरमै सेवा सुविधा पुर्‍याउने भएकाले यो शासन प्रणालीलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने आवश्यकतामाथि जोड दिए।

प्रतिक्रिया दिनुहोस्