
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा जाने कि नजाने भन्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोधारमा परेका छन् ।
प्रधानमन्त्री ओलीले आज ११ बजे सर्वदलीय बैठक बोलाएको छ । तर, बैठकको कुनै विषय तोएिको छैन । एजेण्डा विना बोलाइएको सर्वदलीय बैठकमा जाने कि नजोन भन्ने निर्णय गर्न देउवाले पार्टीका नेताहरुसँग छलफलमा गर्दैछन् ।
आज बस्ने बैठकमा दलका शीर्ष नेतासँगै देउवालाई पनि निमन्त्रणा छ । छलफलको निर्णयअनुसार प्रधानमन्त्रीले बालुवाटारमा राख्ने बैठकमा जाने वा नजाने टुंगो लाग्ने कांग्रेसका एक नेताले बताए ।












