Logo
Logo

‘सर्वदलीय भनेको एमसीसी बैठक पो परेछ’


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकलाई व्यंग्य ‘एमसीसी बैठक’ बहिस्कार भएको बताएका छन् ।

शनिबार बालुवाटारमा आयोजना भएको सर्वदलीय बैठकमा अनुपस्थित भएका उनले ‘सर्वदलीय बैठकबारे कुनै औपचारिक निम्तो नपाएको’ बताउँदै मिडियाबाट मात्र जानकारी पाएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले स्टाटस लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे १ मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो– एमसीसी बैठक बहिष्कार पो भएछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको मिडियामा चर्चा भएको थियो । मिडिया चर्चा गरिएअनुसार बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीकै विषयलाई छलफलमा जोड दिएका थिए ।

सो बैठकमा भट्टराईलगायत एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, भलनाथ खनाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बहिस्कार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्