Logo
Logo

बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन


दृष्टि संवाददाता


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदबाट मुक्त भएका छन् । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सदस्य भएका उनी आइतबारदेखि पदमुक्त भएका हुन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने हुन्छ ।

राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ ।
प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरु जहिल्यै पूर्ति गरे पनि हुन्छ । तर, राष्ट्रियसभा सदस्यको हकमा भने ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने कानूनी बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्