Logo
Logo

बैशाख ९ मा हस्तान्तरण हुँदै यो बस्ती


दृष्टि संवाददाता


पुर्ननिर्माणअघि यस्तो थियो यो बस्ती

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गरेको गोरखाको लाप्राकस्थित गुप्सीपाखाको बस्ती यही ९ वैशाखमा हस्तान्तरण गरिने कार्यक्रम छ ।
२०७२ सालमा गएको महाभूकम्पबाट अति प्रभावित उक्त बस्तीमा एनआरएनएले ५ सय ७३ वटा घर निर्माण गरेको छ । भूकम्पले भत्केका ती घरहरु करिब ६ वर्षमा लाप्राकबासीले नयाँ घरका रुपमा पाउँदैछन् ।


एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार लाप्राक गाउँभन्दा करिब आधा घण्टामाथि गुप्सीपाखामा एकीकृत नमूना बस्ती निर्माण गरिएको हो ।
उक्त बस्ती हस्तान्तरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली लाप्राक जाने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ । उक्त बस्ती निर्माणमा एनआरएनएका पूर्वअध्यक्ष शेष घले र सल्लाहकार जमुना गुरूङको योगदान रहेको अध्यक्ष पन्तले बताएका छन् ।


निर्माण भइसकेर पनि बस्ती हस्तान्तरणमा केही ढिलाइ भएको उनले बताए । एक परिवारका लागि यहाँ बनाइएको घरमा दुई कोठा छन् । बस्ती निर्माणमा नेपाली सेना र स्थानीय बासिन्दाले श्रमदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्