Logo
Logo

राष्ट्रपतिद्वारा बादललाई गृहमन्त्रीमा नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेता रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्त गरेकी छन् ।

राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै गृहमन्त्रीबाट समेत पदमुक्त भएका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले सोही पदमा नियुक्त गरेकी हुन् । बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय छ ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा प्रवेश गरेसँगै उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही पत्रको आधारमा संसद सचिवालयले आइतबार बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्