Logo
Logo

वाइवाको अध्यक्षतामा २२१ सदस्यीय एमाले काभ्रे जिल्ला कमिटी घोषणा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधव पक्षले देशव्यापी संगठन निर्माणलाई तिव्रता दिँदै आएको छ । यसैक्रममा आइतबार काभ्रे पलाञ्चोकमा एक कार्यक्रमबीच टोकबहादुर वाइवाको अध्यक्षतामा २२१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।


काभ्रेको बनेपामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा उपस्थित करिब पाँच कार्यकर्ता माझ वाइवाको अध्यक्षतामा जिल्ला कमिटीको घोषणा गरिएको हो । सो कमिटी घोषणा ता कार्यकर्ता भेलामा एमालेका बरिष्ठ नेता माधव नेपाल, अष्टलक्ष्मी शाक्य, कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई बलियो बनाउने देशव्यापी कमिटी गठन अभियान चलाएको बताए । कार्यक्रम पालिका तहको नेतृत्व, युवा, विद्यार्थी, किसान, मुक्ति समाज जिल्ला कमिटीको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्