Logo
Logo

निलमको ‘लेकाली दाई’, भिडियोमा एक्लै…! (भिडियोसहित)


दृष्टि संवाददाता


काठमाडौं । संगीतकार तथा गायिका निलम रोजु राईले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् । गीतकारसमेत रहेकी निलमले ‘लेकाली दाईको क्या माया लाग्छ’ बोलको गीत तथा भिडियोलाई नेपाली नयाँ वर्षको अवसर पारेर आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘निलम रोजु राई’मार्फत सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक गीतमा निलमकै शब्द, संगीत र स्वर रहेको छ । गायनमा भन्दा बढी संगीतमा व्यस्त रहँदै आएकी निलमले आफ्नो यो पछिल्लो गीतलाई आधुनिक लोक फ्लेवरमा तयार गरेकी छन् ।
नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय पूर्वेली लोक फ्लेवरको ट्रेण्ड छ । गायिका तथा गीतकार निलमले यही ट्रेण्डलाई फलो गर्ने प्रयास गरेकी छन् ।
गीत तथा भिडियो सार्वजनिक गरेपछि गायिका निलमले भनिन्, ‘कोरोना महामारीपछि यो मेरो पहिलो गीत हो, जुन गीतको भिडियो आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छु ।’ गीतको शब्दमा नेपालीपन झल्काइएको छ भने संगीत सिर्जना र स्वरमा मीठास छ ।

यस भिडियोको नौलो पक्षचाहिँ भिडियोमा गायिका निलमलाई नै मोडलका रुपमा देख्न सकिन्छ । भिडियोमा लेकाली दाईको बयान गरेपनि उनी एक्लै देखिएकी छन् । भिडियोलाई नियोन लामाले निर्देशन तथा छायाँकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्