लुम्बिनी प्रदेशका दुई मन्त्रीद्वारा राजीनामा « Drishti News – Nepalese News Portal
Logo

लुम्बिनी प्रदेशका दुई मन्त्रीद्वारा राजीनामा


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

सोमबार माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्