Logo
Logo

ध्रुव शाही माधव पक्ष छाडेर ओलीतिर


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले सुर्खेतबाट निर्वाचित सांसद ध्रुव शाही बरिष्ठ नेता माधव नेपाल समूह छोडेर प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका छन् । सांसद शाहीले आफू पार्टीको मुलधारमा लागेको बताए ।

उनले भने, ‘मैले पार्टी भित्रको अन्तरसंघर्षमा माधव नेपाललाई साथ दिएको हो। अहिलेका गतिविधिले उहाँ फुटको बाटोमा लाग्नुभएको छ।त्यसैले म पार्टीको मुल नेतृत्वमा लागेँ ।’

उनले माधव नेपालले आफूलाई बोलाएर अर्को पार्टी बनाउनुतिर लागेको आरोप लगाउ । एकतावद्ध एमालेले मात्रै देशको नेतृत्व गर्न सक्ने भएकाले फुट परस्त गतिविधिमा लाग्न नसकिने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्