Logo
Logo

भारतमा भयावह कोरोना : एकैदिन करिब तीन लाख संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । नयाँ भेरियन्टको कोरोना देखिएसँगै संक्रमण नियन्त्रण बाहिर गएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या मात्र साढे २१ लाख नाघेको छ ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ ।

त्यस्तै उत्तर प्रदेशमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । कर्नाटकमा २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या १९ हजारभन्दा धेरै छ ।

कोरोना संक्रमण बढेसँगै नयाँदिल्लीमा सोमबारदेखि एक साताको लागि लकडाउनको घोषणा गरिएको छ । उत्तर प्रदेशले पनि साताको दुई दिन लकडाउनको घोषणा गरेको छ । भारतमा अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै डोज कोरोना खोप दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्