Logo
Logo

गच्छदारको नाममा काठमाडौंमा म्याद तामेली गर्दै विशेष अदालत


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारको नाममा विशेष अदालतले पुनः म्याद जारी गर्ने तयारी गरेको छ ।


बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले दोस्रोपटक गच्छदारको काठमाडौंको स्थायी ठेगानामा म्याद जारी गर्ने तयारी गरेको छ ।
यसअघि सुनसरीमा म्याद तामेल भएपनि उक्त अवधिमा उपस्थित नभएपछि विशेष अदालतको इजलासले पुनः काठमाडौंको स्थायी ठेगानामा म्याद तामेल गर्न आदेश गरेको थियो । यसै साता गच्छदारको काठमाडौंमा रहेको स्थायी ठेगानमा म्याद तामेली गरिने विशेष अदालतले जनाएको छ ।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले फेरि काठमाडौंमा म्याद जारी गर्न भनेको थियो । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा गैरकानूनी कार्य गरेको अभियोग–पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्