नेकपाले बिर्सिएको माओ दिवसr « Drishti News – Nepalese News Portal
Logo

नेकपाले बिर्सिएको माओ दिवसr


appharu


रवीन्द्र श्रेष्ठ 

तत्कालीन नेकपा९माले०को स्थापना दिवस अहिलेका नेकपाका नेता कामरेडहरुले बिर्सिसक्नुभयो । एमालेको पूर्ववर्ती प्रमुख पार्टी नेकपा ९माले०को स्थापना दिवस २६ डिसेम्वर १९७८ ९विसं २०३५ पुस ११ गते० हो । अर्थात् नेकपा ९माले० को स्थापना माओत्सेतुङको जन्म दिवसको दिन २६ डिसेम्वरमा भएको हो । नेकपा ९माले०ले त्यतिबेला माक्र्सवाद–लेनिनवादको विकसित सिद्धान्तको रुपमा माओका सिद्धान्तहरुलाई माओ विचारधाराको रुपमा स्वीकारेको थियो र त्यसलाई पनि आफ्नो विधानमा पथप्रदर्शक सिद्धान्त मानेको थियो । तर ०४६ सालको चौँथो महाधिवेशनसम्ममा आउँदा तत्कालीन नेकपा ९माले०ले माओ विचारधारालाई परित्याग ग¥यो । त्यसपछि नेकपा एमालेले माओ दिवस र माले स्थापना दिवस मनाउन पनि छोड्यो ।
अहिले नेकपा९एमाले० र नेकपा९माओवादी केन्द्र०का बीचमा पार्टी एकता गरी नेकपा ९नेकपा० बनाउँदा नेकपा माओवादीले पनि माओवादलाई पथप्रदर्शक सिद्धान्तको रुपमा परित्याग गरेको छ । भन्नलाई त पार्टी एकता महाधिवेशनमा यो थप छलफलको विषय बनाउने भनिएको छ, तर आगामी महाधिवेशनमा माओवादी पक्ष अल्पमतमा रहने भएकाले माओवादलाई पुनः पथप्रदर्शक सिद्धान्त मान्ने सम्भावना अब समाप्त प्राय भएको छ ।
माओले माक्र्सवाद–लेनिनवादमा गरेका नयाँ थप विकासहरुलाई परित्याग गर्ने यी दुई घटनाले नेपालको कम्युनिष्ट आन्दोलनमा गम्भीर सैद्धान्तिक त्रुटि तथा कम्युनिष्ट पार्टीको वैचारिक ओरालो यात्राको प्रतिनिधित्व गरेको छ ।
चार अक्षरको माओवाद परित्याग गर्दैमा ओरालो यात्रा कसरी हुन सक्दछ भन्ने प्रश्न उठ्न सक्दछ । यस्तै तर्क गर्ने हो भने माक्र्सवाद, लेनिनवाद, कम्युनिष्टजस्ता चार अक्षरका शब्दहरु परित्याग गर्दैमा पनि के हुन्छ र भन्ने प्रतिप्रश्न उठ्न सक्दछ ।
वास्तवमा माओका वैचारिक योगदानहरु स्वीकार नगरिकन अहिलेको युगमा माक्र्सवाद र लेनिनवाद पनि अपुरो हुने गर्दछ । नयाँ बनेको नेकपाले जे–जस्ता समस्याहरु सामना गर्न परिरहेको छ, त्यसको समाधान माओका सिद्धान्तहरुविना हुन सक्दैनन् । त्यसैले माओका वैचारिक पथप्रदर्शनको महत्व झन् बढेको हो ।

उदाहरणका लागि नेकपा एमाले र माओवादी दुवै सत्तामा पुगेपछि कयौँ नेता र कार्यकर्ताहरुको विचार र व्यवहार नेपाली कांग्रेस र पञ्चहरुको जस्तो बन्न थालेको छ । सत्तामा पुगेर पनि नेपाली कांग्रेसभन्दा केही एक÷दुई विषयमा बाहेक खासै भिन्न नीति तथा कार्यक्रम दिन र जनपक्षीय कामहरु गर्न सकेका छैनन् । नेकपा एमाले र माओवादी दुवै दलले गरेर आठ पटक प्रधानमन्त्री चलाइसकेको छ । एमालेले करीब ५ वर्ष तथा माओवादीले ३ वर्ष प्रधानमन्त्री चलाइसकेको छ । यसमा कांग्रेस र पञ्च प्रधानमन्त्रीहरुको मन्त्रिमण्डलमा सहभागी हुन गएका दिनहरु जोडिएको छैन । आठ वर्ष र आठ पटक प्रधानमन्त्री भइसक्दा पनि किन बहुसंख्यक जनता सन्तुष्ट हुने गरी काम हुन सकेन रु यी प्रश्नहरुको जवाफ माओले दिएका छन् । पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुले त्यहाँ कम्युनिष्ट सरकार बनेपछि कम्युनिष्ट तरिकाले काम नगरेकामा माओले कडा आलोचना गरेका थिए । माओले भनेका थिए कि पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुको आधारभूत समस्या यो हो कि उनीहरुले वर्ग संघर्ष चलाउने मामलामा राम्रो काम गरेनन् । उनीहरुले धेरै प्रतिक्रान्तिकारीहरुलाई त्यतिकै छाडेका छन् । उनीहरुले वर्ग संघर्षमा सर्वहारा वर्गलाई जनता र शत्रुका बीचमा, सही र गलतका बीचमा र भौतिकवाद र आदर्शवादका बीचमा स्पष्ट भिन्नता छुट्याउन प्रशिक्षित गर्न सहयोग गरेनन् । उनीहरुले जे रोपे त्यसकै फल टिप्दैछन् र उनीहरुले आफ्नो टाउकोमा आगो झोसेका छन् । ९माओ संकलित रचना भाग ५०
माओले पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुलाई जे भनेका थिए, त्यो पूर्वी युरोपका कम्युनिष्ट पार्टी र सत्ताहरुको विसर्जनले प्रमाणित ग¥यो । यही कुरा नेकपा एमाले र माओवादी तथा अहिलेको नेकपा सरकारलाई पनि लागू भएको छ । नेकपाले र नेकपा सरकारले वर्ग संघर्ष भन्ने माक्र्सवाद–लेनिनवादको आधारभूत विचार सुन्न पनि चाहेको छैन । उसले वर्ग संघर्षका लागि वर्ग विश्लेषण गर्न चाहेको छैन र गरेको छैन । नेकपा र नेकपा सरकारले शत्रु र मित्र वर्ग नछुट्याई शासन चलाइरहेको छ । धेरै प्रतिक्रान्तिकारीहरुलाई त्यतिकै सत्तामा छोडेको छ । जुन वर्गले राजतन्त्र, गिरिजातन्त्र, देउवातन्त्र सबैलाई असफल बनायो, त्यस वर्गलाई नै नेकपा र सरकारले काखी च्यापेपछि नेकपा सरकारको हविगत पनि त्यस्तै हुने नौलो कुरा भएन । केवल समयको प्रतिक्षा बाँकी छ ।
माओले भनेका थिए कि खुश्चेभले सोभियत कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनमा पेश गरेको प्रस्तावले संसदीय बाटोबाट पनि कम्युनिष्ट पार्टीले सत्ता हासिल गर्न सक्दछ भनेको छ । त्यसको अर्थ हो अक्टोवर क्रान्तिवाट अब कम्युनिष्टहरुले सिक्न आवश्यक छैन । एक पटक यो ढोका खोलेपछि लेनिनवाद फालिने हुन्छ । माओको यस भनाइअनुसार नेकपाले लेनिनवाद पनि फालेको छ । नेकपाले संसदीय चुनावी बाटोबाट कम्युनिष्ट पार्टीले सत्ता पाउन र चलाउन सक्छ तथा समाजवादउन्मुख देश बनाउन सक्छ भनेर दस्तावेजमा लेखिसकेको छ । तर माक्र्सवाद–लेनिनवादले चुनावी संसदीय बाटोबाट न त सबै सत्ता हात पार्न सकिन्छ, न त समाजवाद बनाउन नै सकिन्छ भन्ने कुरा गर्दछ । नेपालमा आठ वर्ष त शासन चलाइसकेको नै छ । तर समाजवादको ‘स’ पनि बनाउन सकेको छैन । चुनावबाट सरकार बनाउने तर सत्ता संयन्त्र सबै पुरानै राखेर समाजवादउन्मुख हुन सकिन्नँ भन्ने माक्र्सवादको सारलाई माओले धेरै व्याख्या विश्लेषण गरेका छन् ।
माओको अर्को भनाइ यो हो कि पूँजीवादी उत्पादन सम्बन्धले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई पनि प्रभावित गरिरहेको हुन्छ र उनीहरुको वर्ग परिवर्तन गरी वुर्जुवा वर्गमा परिवर्तन गर्ने सम्भावना रहन्छ । यसले गर्दा कम्युनिष्ट नेता कार्यकर्ताले नै प्रतिक्रान्ति गर्ने खतरा रहन्छ । तसर्थ उनीहरुका विरुद्ध पार्टीभित्र र बाहिर निरन्तर क्रान्ति गरिरहनु पर्दछ । माओले भनेका थिए कि क्रान्तिका दौरान शत्रुको गोलीले नढलेका कामरेडहरु सत्तामा गएपछि सत्ताको मिठो गोली ९पैसा सुविधा आदि०ले ढल्ने र प्रतिक्रान्तिकारी जनविरोधी बन्ने खतरा हुन्छ । उनीहरुका विरुद्ध नलडी क्रान्ति अगाडि नबढ्ने माओको निष्कर्ष सही सावित भएको छ ।
कम्युनिष्ट पार्टीको गलत नेतृत्वका विरुद्ध विद्रोह नगरी क्रान्ति अगाडि नबढ्ने माओको महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको शिक्षाबाट प्रेरित भएरै नेकपा ९माले० बनेको थियो । माओका सिद्धान्तहरुको वैज्ञानिकताबाट प्रभावित भएरै माओ दिवसको दिन अर्थात् डिसेम्वर २६ का दिन नेकपा ९माले० को स्थापना भएको थियो । विसं २०२३ मा चीनमा माओको निरन्तर क्रान्ति नचलेको भए २०२८ सालमा नेपालमा झापा आन्दोलन नै हुने थिएन, एमालेको अस्तित्व नै आउने थिएन । झापा आन्दोलनले नै नेपालमा दीर्घकालीन जनयुद्धको सिद्धान्त तथा माओवाद भित्र्याउने र स्थापित गर्ने ऐतिहासिक काम गरेको थियो । झापा आन्दोलन युवाहरुले चलाएको महान् आन्दोलन थियो । तसर्थ कयौँ गल्ती कमजोरीहरु हुनु स्वाभाविक थियो । ०२८ सालमा केपी ओली १९ वर्षको, सिपी मैनाली २० वर्षको, झलनाथ खनाल २१ वर्षको र आके मैनाली २५ वर्षको हुनुहुन्थ्यो ।
माओका सिद्धान्तहरु भनेको केवल जनयुद्ध मात्र हो भन्ने बुझाइले गर्दा जनयुद्ध बन्द भएपछि माओवाद पनि चाहिन्नँ भन्ने सोचाइ कतिपय नेताहरुमा पाइन्छ । तर यथार्थ यो हो कि माओले माक्र्सवाद–लेनिनवादका सबै क्षेत्रहरु–दर्शनशास्त्र, वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्रमा निकै महत्वपूर्ण सार्वभौम महत्वका योगदानहरु दिएका छन् ।
अहिले नेकपा र नेकपा नेतृत्वको सरकारले धेरै ठूलो गर्न अर्थात् समाजवाद वा जनवाद नै ल्याउन पनि पर्दैन । जनतालाई सामन्ती राजा वीरेन्द्रले दिन्छु भनेको आधारभूत आवश्यकता मात्रै पूरा गरे पनि पुग्दछ । जनताले अर्को चुनावमा बहुमत होइन, एक दुईबाहेक सबैतिर जिताउनेछन् । तर एक वर्ष पुग्न लागिसक्यो, त्यसको संकेत पनि राम्रोसँग दिन नसक्नु दुःखको कुरा हो । लेनिनले रुसमा र माओले चीनमा गरेजस्तो पनि गर्नु परेन । अमेरिका, जापान, अष्ट्रेलियाका बुर्जुवाहरुले गरेको मध्ये दश÷बीस प्रतिशत काम गरे पनि जनताले चित्त बुझाउनेछन् । त्यो बेला माओवाद मात्र होइन माक्र्सवाद–लेनिनवादसमेत परित्याग गरे पनि जनताले केही भन्ने छैनन् । नभएमा माओवाद मात्र होइन अरु धेरै वादहरु नेपालमा पुनः जन्मिनेछन् ।

प्रतिक्रिया दिनुहोस्