Logo
Logo

राजीनामा दिएर पृथ्वीसुब्बा गुरुङले राम्रो गर्नुभो : विष्णु रिजाल


दृष्टि संवाददाता


काठमाडौं । एमाले नेता विष्णु रिजालले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएकोमा पृथ्बीसुब्बा गुरुङको प्रशंसा गरेका छन् । बहमुत पुर्‍याउन अनेक हतकण्डा अपनाउनुभन्दा नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेर गण्डकीका मुख्यमन्त्री गुरुङले राम्रो काम गरेको भन्दै नेता रिजालले प्रशंसा गरेका हुन् ।

‘लोकतन्त्रमा शासन गर्ने वैधानिक र नैतिक दुवै आधार बहुमत हो। बहुमत गुम्दा अरूका सांसदलाई राजीनामा गराउने, खरिद गर्ने वा ‘बिरामी’ बनाउने कार्यले लोकतन्त्रलाई कलंकित बनाउँछ,’ नेता रिजालले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ प्रकियाका लागि मार्गप्रशस्त गरेर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राम्रो काम गर्नुभएको छ। ’

मुख्यमन्त्री गुरुङले (आइतबार) दिउँसो पदबाट राजीनामा दिएका हुन् । आफूविरुद्ध दर्ता अविश्वास प्रस्तावमा मतदान हुनु अघिल्लो दिन गुरुङले पद त्याग गरेका हुन् । राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ सरकार बनाउनका लागि तीन दिनको समय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्