Logo
Logo
मदन‍-आश्रित स्मृति दिवस

मदन भण्डारीको शालिकमा एमाले नेताहरुले गरे माल्यार्पण


दृष्टि संवाददाता


काठमाडौं । २८ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले सोमबार जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुभाष नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेता सहभागी थिए ।

विगतमा एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्थ्यो । यसपटक भने कोरोना भाइरस संक्रमणको महामारीका कारण सीमित संख्यामा भेला भएर एमालेले स्मृति दिवस मनाएको छ ।

एमालेले बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई मदन भण्डारीको नामबाट ‘मदन नगर’ नामाकरण गरेको छ । बल्खुस्थित एमाले केन्द्रीय कार्यालयको रातो भवन २०७२ सालको भूकम्पले क्षति पुगेको छ । सो स्थानमा नयाँ अत्याधुनिक पार्टी कार्यालय निर्माणको प्रक्रिया अघि बढाइएको छ । हाल एमालेले बबरमहलस्थित भाडाको एक घरबाट केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्