Logo
Logo

होलीमा राष्ट्रपतिको शुभकामना सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकतामा सघाउ पुगोस्


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , ६ चैत्र ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सबै नेपालीहरुमा होलीको शुभकामना दिएका छन् । छुट्टाछुट्टै सन्देश जारी गर्दै उनीहरुले आपसी सद्भाव र राष्ट्रिय एकतालाई होलीले अझै बलियो बनाओस् भन्ने कामना गरेका छन् ।

राष्ट्रपति भण्डारीले होली पर्वले सबै नेपालीबीच सामाजिक सदभाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् । फागु पूर्णिमा ९होली०का अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरिन।

/fi6«klt ljBfb]jL e08f/L ;+ljwfg lbj; Pjd\ /fli6«o lbj;sf] pknIodf /fi6«klt sfof{nodf d+unaf/ ;fFem cfof]lht ;f+:s[lts sfo{qmd kl5 ;Daf]wg ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;;

सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने जनाइएको छ। होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरूको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रहसमेत शुभकामना सन्देशमा छ।

प्रतिक्रिया दिनुहोस्