Logo
Logo

अपराजित रहँदै इटाली नकआउट चरणमा


दृष्टि संवाददाता


एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इटाली विजयी भएको छ । इटालीले स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

इटालीको जीतमा म्यानुयल लोकाटेलीले २ र १ गोल गरे । खेलको २६ औं मिनेटमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । डोमिनिको बेरार्डीको पासमा उनले गोल गरेका थिए ।

पहिलो हाफ १-० को अग्रता बनाएको इटालीले दोस्रो हाफमा अग्रता तेब्बर बनायो । खेलको ५२ औं मिनेटमा लोकाटेलीले नै गोल गरेका थिए । त्यसपछी खेलको ८९ औं मिनेटमा इमोबाइलले गोल गरे ।

त्यसअघि खेलको १९ औं मिनेटमा जर्जियो चेलीनीले गोल गरेका थिए । तर, गोल गर्नु अघि ह्यान्डबल गरेको कारण उनको गोलले मान्यता पाएन ।

जीतसँगै इटाली ६ अंक जोडेर शीर्ष स्थानमा युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टीम बनेको छ ।

प्रतिक्रिया दिनुहोस्