Logo
Logo

डेनमार्क र बेल्जियम भिड्दै, एरिकसनको समर्थनमा खेल रोकेर ताली बजाइने


दृष्टि संवाददाता


काठमाडाैं । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । ९:४५ बजे सुरु हुने खेलमा समूह ‘बी’ मा रहेको बेल्जियम लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा छ । डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ ।

डेनमार्कले भने आफ्ना मुख्य खेलाडी क्रिष्टियन एरिक्सनलाई गुमाउने छ । फिनल्याण्डविरुद्ध पहिलो हाफको अन्तिमतिर हृदयघात भएर मैदानमै अचेत भएका उनी टिम बाहिर रहने छन् ।  तर, उनकाे स्वास्थ्य लाभकाे कामना गर्दै खेलकाे १० औँ मिनेटमा  खेल रोकेर ताली बजाइनेछ ।

प्रतिक्रिया दिनुहोस्