Logo
Logo

युराेकपमा युक्रेनकाे पहिलाे जीत दर्ता


दृष्टि संवाददाता


एजेन्सी । युक्रेनले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो ।

युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गरे । नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५७ औं मिनेटमा एलिओस्कीले एक गोल फर्काएपनि युक्रेन २–१ ले विजयी भयो ।

यस जितसँगै समूह ‘सी’ मा रहेको युक्रेनले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्