Logo
Logo

राज्यमन्त्रीकाे राजीनामासँगै शंकर पाेखरेल अल्पमतमा


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । शुक्रबार जसपा अध्यक्ष महन्त ठाकुर पक्षमा लागेर मन्त्री भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो ।

जनता समाजवादी पार्टी (जसपा)को सरकारलाई समर्थन  नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न सक्ने अवस्था नआएको भन्दै उनले राजीनामा दिएको पत्रमा उल्लेख गरेकी छिन् । 

राजीनामा पत्र

८३ सदस्य प्रदेश सभामा एमालेका ३८ र जसपाका ठाकुर पक्षमा तीनजना गरी अब ४१ जना सांसद छन् । प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक छ । लुम्बिनी प्रदेशमा एमाले माधव नेपाल पक्षमा दुईजना सांसद छन् । जसपाका चारजना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर, राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद छ ।

वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा भएसँगै लुम्बिनी कांग्रेसले सरकारका मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्