Logo
Logo

चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने घाेषणा गरेकाे छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको आयात, खोप अभियान र स्वास्थ्य पूर्वाधार बारेको विवरण सार्वजनिक गर्दै खाेप लगाइने बताएको हो ।

नेपाललाई आवश्यक थप खोप चिनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढासकेको मन्त्रालयले जनाएको छ । यसका साथै कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने मन्त्रालयको आकलन छ ।

यसैगरी, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्