Logo
Logo

फास्ट ट्रयाकको काम दुई वर्षभित्र सकिने सेनाकाे दावी


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली सेनाले काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजना (फास्ट ट्रयाक) आगामी दुई वर्ष भित्र सकाउने घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमाफर्त वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सेनाले आर्थिक वर्ष २०८०/०८१ भित्र द्रुतमार्गको काम सकाउने जनाएको हो ।

शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्य प्रगति स्थिति तथा चालु आ.व. ०७८/७९ को वार्षिक कार्यक्रम प्रस्तुत गर्दै आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आ.व. २०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत भएको जानकारी दिए ।

उनले आ.व. ०७६/७७ सम्म समष्टिगत भौतिक प्रगति ११ दशमलव ११ प्रतिशत रहेकोमा गत आ.व. ०७७/०७८ मा आयोजनाको कुल कार्य अंशको थप दशमलव १० प्रतिशत काम सम्पन्न भएको बताए । 

सेनाका अनुसार यसवर्ष फास्ट ट्रयाकमा करिब ३२ अर्ब खर्च हुनेछ भने सरकारले यस वर्ष ८ अर्ब रकम निकासा गरेको छ । आयोजना पूर्ण रूपमा अगाडि बढे ५०/५० अर्ब छुट्याउनुपर्ने उनले बताए ।

आयोजना प्रमुख पोखरेलले सेनाले आयोजना ढिलो गर्नुभन्दा प्रारम्भिक प्रक्रिया र डीपीआर तयार पारेर काम गर्दा नै ४ वर्ष लागेको बताए । “पुल निर्माण, सुरुङ मार्गजस्ता कठिन क्रियाकलापको डीपीआर भइसकेकोले अब भने निर्माण मात्र गर्ने हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्