
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीको यो महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन् । महामन्त्री पदका उम्मेदवार रिजालले आजदेखि काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने बताए ।
कांग्रेसमा अहिलेको नेतृत्व परिवर्तन भए नयाँ अनुहार लिएर चुनावमा जान पार्टीलाई सहज हुने उनको भनाई छ । ‘मतगणना सकिएको दिन उहाँ (देउवा) निवर्तमान सभापति बन्नुहुनेछ, तर प्रधानमन्त्रीमा उहाँ नै निरन्तर रहनुहुन्छ । चुनाव देउवा नै प्रधानमन्त्री रहेर गर्ने हो’, शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले भने ।
अहिले कै नेतृत्व लिएर पार्टी चुनावमा जादा बहुमत नआउने हो कि भन्ने चिन्ता रहेको उनले बताए । ‘अहिलेको नेतृत्व, अनुहार लिएर चुनावमा जाँदा जनताले पत्याउँदैनन् कि भन्ने छ,’ उनले भने।
यो पनि












