Logo
Logo
ओमिक्रोन भेरियन्टको त्रास

कोरोना संक्रमण बढेपछि भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने सरकारको तयारी


3.3k
Shares

काठमाडौं । नेपालमा पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले स्वास्थ्य सम्बन्धी थप सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

यसबीच भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले तयारी गरेका छन् । संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको हो ।

कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार आफूहरू अगाडि बढ्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको भनाई छ । जनस्तरमा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नभएकोले कोरोनाविरूद्ध खोप अभियानलाई तीव्रता दिने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र भिडभाड हुने ठाउँ नियन्त्रण गर्ने उपत्यकाका सिडओहरुको तयारी रहेको छ ।

यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोरोना संक्रमणको अवस्थाबारे एक/दुई दिनमा उपत्यकाभित्रका सिडिओहरू बैठक बस्ने बताए ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय भएको बताएका छन् ।

यस्तै छिमेकी मुलुक भारतमा संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि खुला सीमा रहेको नेपाल पनि उच्च जोखिममा परेको छ । नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । शनिबार नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्