Logo
Logo

सांग्रिला डेभलपमेन्टको ‘बचत पनि बीमा पनि’ बचत खाता योजना


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ‘बचत पनि बीमा पनि’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यस अन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ नयाँ बचत खाता रहेका छन् ।

यसअन्तर्गत ती खाताहरु खोल्ने ग्राहकका लागि रु १६ लाखसम्मको बीमाको व्यवस्था गरिएको बैंकले जनाएको छ । यसमा खाताको प्रकृतिअनुसार दुर्घटना विमा, औषधि उपचार विमा तथा घातक रोगको उपचार बीमासम्बन्धी सुविधा रहेका छन् ।

पाँच हजार, १५ हजार र २५ हजार तिरेर खाता खोल्न सकिने तथा खातामा राखिएको मौज्दातमा मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्ने बैकले जनाएको छ । यी खाता खोल्ने ग्राहकले लकर सुविधामा विषेश छुट, निःशुल्क एबिबिएस सेवा तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङमा एक वर्षका लागि निःशुल्क सुविधा प्राप्त गर्ने पनि बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्