Logo
Logo

पथ र मतिभ्रष्ट प्रतिपक्षी



चिसो भनेकै कोकाकोला भनेझैं अराजक भनेकै एमाले बनेको छ । एमाले सत्तामा पुग्दा पनि चिसै थियो । सत्ताबाट बाहिरिँदा पनि चिसै छ ।

विश्वका लोकतान्त्रिक मुलुकहरुमा सत्ता पक्ष संयम र प्रतिपक्ष धैर्य देखिन्छन् । यहाँ त एमाले सत्तामा पुग्दा सत्ताको उन्मादले अराजक, प्रतिपक्षमा पुग्दा पनि सत्ता गुमाउनुपरेको पीडाले झन् अराजक बनेको छ ।

यी दुई उदाहरणले एमाले भनेको राजनीतिक इमान्दार भएको पार्टी होइन, अराजकहरुको झुण्ड हो भन्ने कुरा पुष्टि गर्दछ ।
लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरु विधि, विधानअनुरुप चल्छन् र चल्नुपर्छ । पार्टी निर्णय नै कार्यकर्ताहरुका लागि मार्गनिर्देशक सिद्धान्त बन्छ । तर, दुर्भाग्य एमालेको नेतृत्व केपी शर्मा ओलीको हातमा पुगेपछि ओली पार्टी र संविधानभन्दा माथि छन् जस्तो देखिन्छ ।

एमालेमा पार्टी निर्णयभन्दा ओली निर्णय माथि छ । ‘मुर्खदेखि दैव डराउँछन्’ भनेझैं ओलीको प्रतिवाद गर्ने र सत्य कुरा बोल्ने आँट एमालेमा कसैसँग छैन ।

जब पार्टीमा लामो जीवन बिताएका निष्ठावान नेता र कार्यकर्ताहरु समेत सत्य बोल्न डराउँछन्, तब त्यो पार्टी सिद्धिन्छ । नेताहरु सिद्धिन्छन् । एमालेको भविष्य अहिले त्यही बाटोमा लम्किरहेको छ । एमालेको यो उल्टो राजनीतिक यात्रा कहाँ गएर टुंगिन्छ, स्वयं ओलीलाई पनि थाहा छैन । तर, एउटा कुरा के हो भने एकताको बलमा एमालेले २०७४ सालको निर्वाचनमा जुन हैसियत प्राप्त गरेको थियो, अबको निर्वाचनमा त्यो सम्भव छैन । एमाले सिद्धिन्छ ।

स्वतन्त्र न्यायपालिकाको अस्तित्व रक्षाका लागि पनि ‘भ्रष्ट’ प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर जेल पुर्‍याउनुपर्ने जिम्मेवारी प्रमुख प्रतिपक्ष एमालेकै हो । तर, दुर्भाग्य तिनै भ्रष्ट एमालेका लागि प्यारो बनेको छ । ओली राम, दशरथ र रामायणकै कथामा अल्झिरहेका छन् ।

२०७४ सालमा माओवादीसँग चुनावी गठबन्धन भएको थियो । त्यसले आम जनतामा उत्साह जगाएको थियो । राजनीतिक स्थायित्व र आर्थिक समृद्धि एमाले र माओवादीको संयुक्त घोषणापत्रको प्रतिबद्धता थियो । राजनीतिक अस्थिरताका कारण आजित नेपाली जनताले त्यो गठबन्धनलाई ठूलो भरोसा गरेर दुईतिहाइ मत दिएको थियो । तर, ओलीले आफ्नो साढे तीन वर्षको कार्यकालमा घोषणापत्रमा उल्लेख गरिएका एउटा पनि प्रतिबद्धता पूरा गरेनन् । त्यसका जवाफ अब जनताले एमालेसँग माग्नेछन् । २०७४ सालमा एमालेप्रति जुन उत्साह थियो, त्यो अहिले निराशामा परिणत भएको छ ।

अब स्थानीय निकायको निर्वाचन नजिकिँदै छ । सबै राजनीतिक दल आ–आफ्नै रणनीति बनाउन लागेका छन् । सत्ता गठबन्धन दलको एउटै एजेण्डा एमाले हराऊ भन्ने छ । तर, एमालेको एजेण्डा के छ त ? केही पनि देखिँदैन । एमाले अध्यक्ष ओली राम, दशरथ र रामायणकै कथामा अल्झिएका छन् । र, भ्रष्टाचारको आरोपमा महाअभियोग खेपिरहेका चोलेन्द्रशम्शेर जबराजस्ता भ्रष्टलाई जोगाउने उपाय खोजिरहेका छन् ।

मुलुकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर जनताको ढाड सेकिएको छ । महंगी र बढ्दो बेरोजगारीले जनता आक्रान्त छन् । भ्रष्टाचार दिन दुगुना रात चौगुना बढेको छ । राजनीतिक नियुक्तिहरुसमेत किनबेच भएको अवस्था छ । यतातिर प्रमुख प्रतिपक्ष एमालेको ध्यान गएको छैन । एमाले यी सब जनताको सरोकारको विषय छाडेर भ्रष्ट प्रधानन्यायाधीश जबरालाई जोगाउन हिँडेको छ । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?

ओलीलाई थाहा छ, महाअभियोग पास हुँदैन । जबरा सर्वोच्चमा फर्कँदैनन् । सर्वोच्चको नयाँ नेतृत्वले न्यायालय सुधारका धेरै काम गर्नुपर्ने छ । स्वतन्त्र न्यायपालिकाको अस्तित्व रक्षाका लागि पनि ‘भ्रष्ट’ प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर जेल पु¥याउनुपर्ने जिम्मेवारी प्रमुख प्रतिपक्ष एमालेकै हो । तर, दुर्भाग्य तिनै भ्रष्ट एमालेका लागि प्यारो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्