Logo
Logo

एमाले सिद्धिन तयार हुनुपर्छ



मान्छे विचारशून्य भयो भने अराजक बन्छ । मान्छेसँग तर्क गर्ने क्षमता सकियो भने गालीगलौजमा उत्रन्छ ।

स्थानीय तह निर्वाचन घोषणाले राजनीतिक दलहरुलाई तताएको छ । प्रमुख राजनीतिक दलका नेता निर्वाचन केन्द्रित बैठक, सभामा व्यस्त हुन थालेका छन् ।

परिणाम जस्तो आए पनि यसपटकको निर्वाचनले प्रधानमन्त्री शेरबहादुर देउवा बढी हौसिएका छन् । विगतका निर्वाचनमा असफल देउवा यसपटक कागतालीका कारण कांग्रेसलाई पुनर्जीवन दिने तयारीमा छन् । त्यसका लागि उनले तिनै तहको निर्वाचनमा सत्ता गठबन्धन दलसँग सहकार्य गर्न गृहकार्यमा जुटेका छन् ।

‘भाइ फुटे गवार लुटे’ भनेझैं कम्युनिष्टहरु फुटेको फाइदा जसले जति रिस गरे पनि यसपटक नेपाली कांग्रेसले उठाउने कुरामा दुईमत छैन ।

एकता नै बल हो भन्ने कुरा २०७४ सालको निर्वाचन परिणामले देखाइदियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धन हुँदाको परिणाम तिनै तहमा दुईतिहाइको हाराहारीमा मत आयो । नेपाल कम्युनिष्ट पार्टीको लागि यो ऐतिहासिक अवसर थियो । तर, दुर्भाग्य तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनमतको कदर गर्न सकेनन् ।

प्रतिगामी कित्तामा उभिएको एमाले नसिद्धिएसम्म कम्युनिष्ट आन्दोलन पुनर्गठन हुन सक्दैन । त्यसैले पनि एमाले सिद्धिन तयार हुनुपर्छ । सायद, त्यसैको आभाष पाएर हो कि एमाले अहिले पराजयको मनोविज्ञान बोकेर मैदानमा उत्रन पनि डराइरहेको छ । मैदान हरियै हुन्छ, त्यो हरियोसँग एमाले डराइरहेको छ ।

घोषणापत्रमा जे–जे गर्छु भनेर जनतासँग भोट मागेका थिए, त्यसको उल्टो काम गर्दै गए । फलस्वरुप पुस ५ गते आफैँले खनेको खाल्डोमा आफैँ परे । अब एमाले त्यो खाल्डोबाट माथि उठ्न सक्दैन किनभने, एक त एमाले आफैँ टुक्रिएर एकीकृत समाजवादी पार्टी बनेको छ, अर्कोतर्फ जुन शक्तिको बलमा दुईतिहाइ मत आएको थियो, त्यो माओवादी शक्ति पनि अलग भएको अवस्था छ ।

२०७४ सालमा एमाले र माओवादी शक्ति मिल्दा मात्र नेपाली कांग्रेसलाई पछार्ने बल कमयुनिष्टसँग थियो । अब त्यो कुरा कथा बनिसक्यो र, नयाँ गठबन्धन वाम–लोकतान्त्रिक शक्तिबीच बनेको छ । जुन शक्तिले संविधान जोगायो, पक्कै पनि त्यो शक्तिको पछाडि जनता उभिने छन् । र, एमालेलाई ठाउँका ठाउँ पछारेर छाड्ने छन् ।

प्रतिगामी कित्तामा उभिएको एमाले नसिद्धिएसम्म कम्युनिष्ट आन्दोलन पुनर्गठन हुन सक्दैन । लोकतन्त्र बलियो हुन सक्दैन । दम्भ, अहंकारले आफैँ खरानी बनिन्छ । त्यसैले जनआन्दोलनका उपलब्धि रक्षा गर्नका लागि पनि एमाले सिद्धिन तयार हुनुपर्छ ।

सायद, त्यसैको आभाष पाएर हो कि एमाले अहिले पराजयको मनोविज्ञान बोकेर मैदानमा उत्रन पनि डराइरहेको छ । मैदान हरियै हुन्छ, त्यो हरियोसँग एमाले डराइरहेको छ ।

त्यसो त एमालेसँग जनतामा जाने र भोट माग्ने नैतिक आधार पनि छैन । जनताले २०७४ सालमा पाँच वर्षका लागि दिएको मत दुरुपयोग गर्दै देशलाई अराजकता, अस्थिरताको भुमरीमा फसाउने पनि एमाले नै हो । त्यसको छिनोफानो बालकोटको बार्दलीले होइन, जनताको घरदैलोले गर्ने दिन अब टाढा छैन ।

जनता नै इतिहासको अजेय शक्ति हो । जनतालाई हेपेर गरिने व्यवहार र बोलीले एमाले अब एकादेशको कथा बन्दैछ ।

प्रतिक्रिया दिनुहोस्