Logo
Logo

एमालेको घोषणापत्र र भ्रष्टाचार नगर्ने प्रतिवद्धता



हामीलाई शासन गर्ने गिरोह हाम्रो झगडा कहिल्यै नटुंगियोस् भन्ने चाहन्छन् । हामीबीच फुट पैदा गराउन र हामीलाई मूर्ख बनाउन हामीले तिनलाई मद्दत गरिरहुँ भन्ने आशा गर्छन् । किनकि, हामीबीचमा विभाजन आयो भने उनीहरु सधैँ शासक बनेर हामीमाथि रजाइँ गर्न सफल हुनेछन् । त्यसैले उनीहरु कुनै न कुनै कोणबाट जनताका माझमा विभाजन र वैमनस्यताको विजारोपण गर्न लागिरहेका हुन्छन् ।

सम्भवतः वर्तमान अवस्थामा जनताले भोट हालेर गतिला नेता चुन्ने भनेको वाम माछा समात्ने आशा गरेर विषालु सर्प भएको दुलोमा हात हाल्नुजस्तै हो ।

परन्तु खराबमध्येबाट पनि एक जना अलि कम खराब व्यक्ति रोज्नैपर्ने बाध्यता हाम्रोसामुन्ने ठिंग उभिएको छ । अर्थात्, गफले राष्ट्रवाद जोतेर व्यवहारले जहिल्यै आफ्ना निर्दयी नंग्राहरुले मातृभूमिलाई चिथोर्ने दुष्टहरुभन्दा थोरै भए पनि बेलाबखत राष्ट्रहितको पक्षमा उभिनेलाई आफ्नो प्रतिनिधि ठान्नु हाम्रो कर्तव्य हो ।

जनयुद्धका क्रममा घाइते–अपांगता भएका योद्धाहरुका बारेमा एमालेले धेरैपटक सहानुभूति देखाएझैँ ग¥यो । ‘कठै’ भन्दै उनीहरुको उपचारदेखि भरणपोषणसम्म गरिदिने बेतुकका पँधेरे गफ पनि दियो । यद्यपि धेरै वर्षदेखि मानसिक रोगको चपेटामा गाँजिएका आफ्नै पार्टी अध्यक्षको उपचारमा भने उसको फिटिक्कै ध्यानाकर्षण भएन ।

करोडमात्रै नभएर अर्ब हान्ने गोकुल बाँस्कोटा, पानी ट्यांकीमा पैसा डुबाउने ईश्वर पोख्रेल, नारायणहिटी लिलाम गर्न खोज्ने योगेश भट्टराईलगायत काण्डै–काण्ड मच्चाएर देश लुछ्नेहरुको पार्टीको घोषणापत्रमा भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता लाजको पसारो ।

फलस्वरूप कार्यकर्तालाई उनै ओलीले ‘समाजका अघि म एमाले हुँ’ भन्न पनि लाजमर्दो अवस्थामा पु¥याइसके । उनकै सिको गर्दै तुच्छताको हिलो पोतेर अघि बढिरहेका एमालेकै अन्य नेताहरुलाई पनि विस्तारै त्यो रोगले ग्रसित तुल्याउँदै लगेको छ । म कुन कार्यक्रममा छु ? विषयवस्तु के हो ? र म के बोलिरहेको छु ? भन्नेसमेत हेक्का नराख्ने ओली मनोरोगले एमाले नामक समूहको टुप्पीदेखि पैतालासम्म गम्भीर खालको संक्रमण फैलाइरहेको छ ।

अलि पहिल्यै एमाले अध्यक्ष ओलीले ‘मैले भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको अनुहारसमेत हेर्दिनँ’ भन्थे । लगत्तै एउटा अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वकै भ्रष्ट प्रधानमन्त्रीमध्ये एकमा केपी शर्मा ओली नै परे । आफ्नो पार्टीले भ्रष्टाचार नगर्ने र गर्नेलाई समेत नछाड्ने एमालेले अस्ति फेरि अर्को प्रतिबद्धता जाहेर ग¥यो ।

उता एमालेकै नेता गोकुल बाँस्कोटाले भने ओली कार्यकालमा आफूले करोडमात्रै नभएर अर्बौं रकम भ्रष्टाचार गरेको सार्वजनिक कार्यक्रममै ठोकुवा गरे ।’ ७० करोडमात्र हो र ? अर्ब–अर्ब हान्दिएको हो, के फरक पर्छ ? व्यक्तिको होइन, देशको पैसा लुटेको हो ! हेरौं कसले के गर्न सक्छ ?’ सार्वजनिक कार्यक्रममा यसरी डुक्रिने बाँस्कोटा एमालेबाट चुनाव लड्दैछन् ।

एमाले पार्टी पनि चुनाव लड्दै छ । जो संसद्को सबैभन्दा ठूलो दल पनि हो । पार्टी विभाजनपछि यस्तै मतिभ्रष्टहरु बटुलेर एमाले झनै ठूलो भएको ओली स्वयं घमण्ड देखाउँछन् । अनि वरिपरि बसेका दासहरु पररर…ताली पट्काउँछन् । एउटा भ्रष्ट शासकले ‘मैले देशलाई लुछ्न र लुट्न छाड्दैन’ भन्दा गलल्ल हाँस्दै सहमति जनाएर हत्केला ठोक्ने जमातले नै आज देशमा यो दुर्दशा निम्त्याएको सत्य हो ।

चुनावी संकल्पको नाममा जनता लठ्याउन चन्द्रमामा च्याउखेती, मंगल ग्रहमा बस्ती, पृथ्वीलाई मंगलग्रहसम्म जोड्ने केवलकारजस्ता उपद्रो अक्षरको खेती गर्ने एमालेले विभिन्न कालखण्डमा देशको ढुकुटी तहसनहस बनाएको सबैलाई जानकारी छँदैछ ।

आफ्नो दुष्टतापूर्ण व्यवहार र खलनायकी चरित्र प्रदर्शन गर्न खप्पिस रहेको ओली गुटले फेरि पनि जनता झुक्याउन अर्को ‘घोषणापत्र नामक महाजाल’ जनताका माझमा फालेको छ । अचम्म त के छ भने, भ्रष्टाचार गरिएकै पैसा लगानी गरेर छापिएको त्यो घोषणापत्र नामको चिर्कटोमा ‘एमालेले भ्रष्टाचार गर्दैन’ भन्ने शब्द उल्लेख गरिएको छ । सायद, अब पनि यो लोकले स्याललाई चल्लाको चौकीदारी राख्छन् भन्ने भ्रमबाट एमाले अझै मुक्त भएको छैन ।

उसै पनि उहिल्यैदेखि आम जनताका सपनामा धारिलो खड्ग प्रहार गर्न खप्पिस ओली अहिले झनै भाउन्निएका छन् । यतिबेला उनको मस्तिष्क बेठेगान दौडिरहेको छ । झुठ र अहंकारको धुवाँले रङ्सिएको उनको स्मरणशक्ति जीर्ण र लोपोन्मुख घरको धर्मराउने धुरीखाँबोजस्तै मक्किएको छ । मनलाग्दी बोलेकै भरमा उनी आफूमा जत्तिको चतु¥याइँ अरु कसैमा नभएको ठान्छन् ।

ओलीले भुइँमा मुख जोते भन्दैमा सिंगो लोकले जोत्नुपर्छ भन्ने जबर्जस्ती छैन । करोडमात्रै नभएर अर्ब हान्ने गोकुल बाँस्कोटा, पानी ट्यांकीमा पैसा डुबाउने ईश्वर पोख्रेल, बालुवाटार जग्गा हडप्ने विष्णु पौडेल, नारायणहिटी लिलाम गर्न खोज्ने योगेश भट्टराईलगायत काण्डै–काण्ड मच्चाएर देश लुछ्नेहरु नै ओलीका सहृदयी मित्रहरु हुन् ।

परम आत्मीय, शुभेच्छुक र सहयात्री हुन् । अनि पृष्ठभूमिमा त्यही देश लुटेको पैसाको ओछ्यानमा ढल्किएर ‘नेपाल श्रीलंकाको बाटोमा जाँदैछ’ भनी भ्रमजाल बिछ्याउने पनि यिनै मनुवा हुन् ।

– लमही दाङ

प्रतिक्रिया दिनुहोस्