काठमाडौं । बलात्कार मुद्दा कमजोर बनाउन नमान्दा सरकारी वलिकको सरुवा गरिएको विषय संघीय संसदमा पनि उठेको छ ।
बालिका बलात्कारको मुद्दा कम्जोर बनाउन नमान्दा जिल्ला सरकारी वलिक कार्यालय ललितपुरबाट सहन्यायाधिवक्ता संगीता थोकरको सरुवा गरिएको विषयबारे नेकपा एमालेकी सांसद आशाकुमारी विकले संसदमा उठाएका हुन् ।

उनले भनिन्, ‘बलात्कार मुद्दा हेरिरहेकी थोकरलाई मुद्दा कमजोर बनाउन नमानेको भन्दै बिहीबार सरुवा गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा कमजोर बनाउन पटक–पटक आएको दबाब नमान्दा सरुवा भएको छ। यो विषयमा छानबिन होस् ।’
सांसद विकले आरोपित व्यक्ति अहिलेका बहालवाल मन्त्रीका एक व्यवसायिक साझेदार भएकै कारण बालिकालाई समेत होस्टायल उल्लेख गरे। ‘तत्काल यो घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाईयोस्। शक्तिको आडमा न्याय नबेचिओस्’ विकले भनिन् ।
कन्चनपुरको भीमदत्त नगरपालिका–४ स्थायी ठेगाना भइ ललितपुर इमाडोलस्थित ग्रिनहिल सिटी बस्ने ३६ वर्षीय सुशील चटौतविरुद्ध बलात्कार मुद्दा चलेको थियो । चटौतले आफ्नो घरमा आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दा हेरेकी थोकरलाई मुद्दा कमजोर बनाउन भन्दै महान्यायाधीवक्ता कार्यालयबाट आएको दबाब नमान्दा बिहीबार बिहीबार मात्रै उनको हेटौडास्थित बागमती प्रदेश सरकारअन्तर्गतको मुख्य न्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ ।
यो पनि पढ्नुहोस्














