Logo
Logo

भक्तपुर र हेटौंडामा पनि देखियो हैजा


1.5k
Shares

काठमाडौं । भक्तपुर र हेटौंडा पनि हैजा पुष्टि भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर-४ दुवाकोट र हेटौंडा नगरपालिकामा एक–एक जनमा हैजा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार उनीहरुको टेकु र हेटौंडाको विरेन्द्र सैनिक अस्पतालमा उपचार भइहरको छ । उनले भने, ‘दुवाकोटका संक्रमितको टेकु र हेटौंडाको विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।’ हालसम्म २१ जनामा हैजा पुष्टि भएको उनले जानकारी दिए ।

हालसम्म काठमाडौं उपत्यकामा बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी, किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्