काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाईन भएको दावी गरेका छन् ।

नेता भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उक्त घटनामा संसदीय छानविन समिति गठन गर्नुपर्ने आफूहरुको अर्को माग गरेको र सीसीटीभी फुटेजलाई मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।











